रियल मड्रिडलाई हराउँदै पिएसजी क्लव विश्वकपको फाइनलमा

२०८२ असार २६, बिहीबार

काठमाडौँ : फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) क्लब विश्वकपको फाइनलमा पुगेको छ।

गएराति स्पेनिस क्लब रियल मड्रिडलाई हराउँदै पिएसजीले फाइनलमा स्थान पक्का गरेको हो। मेटलाइफ स्टेडियममा पिएसजीले रियलविरूद्ध ४-० को जित निकालेको थियो। त्यस क्रममा फेबियन रूइजले दुई गोल गरे। ओसमाने डेम्बेले र गोन्सालो रामोसले एक-एक गोल गरे।

रूइजले ६ मिनेटमा पहिलो गोल गर्दै पिएसजीलाई सुरूवाती अग्रता दिलाए। त्यसको तीन मिनेटमै डेम्बेलेले अग्रता दोब्बर पारे। २४ मिनेटमा पुन रूइजले गोल गर्दा पिएसजीलाई पहिलो हाफमा ३-० गोलको को बलियो अवस्थामा पुर्‍याएका थिए। दोस्रो हाफको ८७ मिनेटमा रामोसले गोल गरेपछि पिएसजी ४-० को नतिजासहित फाइनल पुगेको हो।

उसले अब उपाधिका लागि इङ्लिस क्लव चेल्सीसँग खेल्नेछ। चेल्सी  ब्राजिलियन क्लब फ्लुमिनेन्सेलाई पराजित गर्दै चेल्सी फाइनलमा पुगेको थियो। चेल्सी र पिएसजीबीच सोमबार उपाधि भिडन्त हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार