हुथी विद्रोहीले चालक दलका २५ सदस्य सवार जहाज समुद्रमा डुबाइदिए, १९ जना बेपत्ता

२०८२ असार २६, बिहीबार

काठमाडौँ : युरोपेली नौसेना मिसनले यमनका हुथी विद्रोहीहरूले एउटा कार्गो जहाजमा आक्रमण गरेर लाल सागरमा डुबाइदिएको बताएको छ। जहाज चालक दलका ६ सदस्य उद्धार गरिएकामा कम्तीमा तीन जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।

यूके मेरिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ) एजेन्सीका अनुसार, ‘इटर्निटी सी’ नामक लाइबेरियाली झण्डा भएको जहाजमा जम्मा २५ जना चालक दलका सदस्य थिए।

सोमबार एउटा सानो डुंगाबाट प्रहार गरिएको रकेट-प्रोपेल्ड ग्रेनेड (आरपीजी) ले जहाजमा ठूलो क्षति पुगेको छ। इरान-समर्थित हुथी विद्रोहीले इजरायलतर्फ जाँदै गरेको ‘इटर्निटी सी’मा आक्रमण गरिएको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार