मलेसियाले गर्‍यो एकैपटक १५ नेपालीलाई निष्कासित

२०८२ असार २७, शुक्रबार

काठमाडौं : मलेसियाले एकैपटक १५ जना नेपालीलाई निष्कासन गरेको छ। अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा मलेसियाले उनीहरूलाई निष्कासन गरेको हो।

निष्कासन गरिनेमा सोनालाल सहनी, मेखबहादु तामाङ, राधाकृष्ण चौधरी, भिखारी चौधरी, उमेशप्रसाद राजबंशी, भीमप्रसाद घिमिरे, ललित राना, दिनेश प्रजा, खुमन आले मगर, मधु विक, सजिद मियाँ, बचेलाल पटेल, अनिल कुमार साह, बुद्धबहादुर नेपाली र मरेन्द्र बानियाँ रहेका छन्।

उनीहरूलाई मालिन्दो एयरलायन्सको विमानबाट नेपाल फर्काइएको हो। स्रोतका अनुसार उनीहरूलाई गत साता काठमाडौं फर्काइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार