काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले कोकिनसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । अजरबैजानबाट आएका ४९ वर्षीय भारतीय नागरिक अब्दुस समाद जामिल मन्सुरीलाई पक्राउ गरिएको छ ।
मुम्बई घर भएका मन्सुरीको साथबाट ब्युरोको टोलीले ३ किलो ४ सय ग्राम कोकिन बरामद गरेको छ । असार २५ मा उनी कतार एयरवेजको उडानमार्फत काठमाडौँ आएका हुन् । उनीविरुद्ध लागु औषध (नियन्त्रण) ऐन २०३३ अनुसार अनुसन्धान भइरहेको एसएसपी कृष्ण कोइरालाले जानकारी दिए ।





