पूर्वराजाका संवाद सचिव पाठक रिहा

२०८२ असार २७, शुक्रबार

काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाहसँग सम्बन्धित सूचना तथा विज्ञप्तिहरू गैरकानुनी रुपमा ‘श्री ५’ को नाममा निकाल्दै आएका फणिराज पाठक रिहा भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले अबउप्रान्त ‘श्री ५ महाराजधिराज’ भनेर सूचना तथा विज्ञप्ति जारी नगर्ने भनेर कागज गरी उनलाई परिवारको जिम्मामा छोडेको बताए । पूर्वराजाको संवाद सचिवको रुपमा कार्यरत उनलाई यही प्रकरणमा  जिल्ला प्रहरी परिसर काठमाडौँले सोधपुछका लागि बोलाएको थियो ।

जसअनसुसार शुक्रबार दिउँसो प्रहरीमा  उपस्थित भएका उनलाई साँझ प्रक्रिया पूरा गरेर छाडिएको हो । प्रहरीका अनुसार उनले आफ्नो फेसबुकमा पोस्ट गरेका ‘श्री ५’ उल्लिखित मेसेजहरु सम्प्रेषण नगर्ने प्रतिबद्धता जनाएका छन् । यस्तै यसरी पोस्ट गरिएको पुराना सूचनाहरु उनले आफ्नो सामाजिक सञ्जालबाट डिलिट गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार