विद्या भण्डारी एमालेको अध्यक्ष बन्न खोज्नु सकारात्मक: झलनाथ खनाल

२०८२ असार २८, शनिबार

काठमाडौँ : पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको अध्यक्ष बन्न लाग्नु सकारात्मक कुरा भएको बताएका छन्।

चीन भ्रमण सकेर शनिबार स्वदेश फर्किएका उनले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पूर्वराष्ट्रपति भण्डारीले वामपन्थी एकताको उद्देश्य लिएर एमालेको नेतृत्वमा फर्किन लागेको हो भने त्यो राम्रो कुरा भएको प्रतिक्रिया दिएका हुन्।

उनले भने, ‘यदि विद्या भण्डारीले वामपन्थी एकता आजको आवश्यकता हो भन्ने महसुस गरेर राजनीतिमा प्रवेश गर्ने र म अब पहलकदमी गर्छु, एमालेको अध्यक्ष पनि बन्छु भन्ने कुरा हो भने यसलाई हामीले सकारात्मक रूपमा लिनुपर्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार