पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

२०८२ असार २८, शनिबार

काठमाडौँ : पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण निधन भएको छ ।

उनको आज साँझ नर्भिक अस्पतालमा निधन भएको पूर्वपत्रकार अमृता लम्सालले बताए । उनको दाहसंस्कार भोलि गरिनेछ ।

उनले लामो समयसम्म द राइजिङ नेपालमा काम गरेकी थिइन् । उनका दुई छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार