सबै राजनीतिक दलको सहकार्यमा संविधान संशोधन गर्नुपर्छ : कृष्ण सिटौला

२०८२ असार २८, शनिबार

कास्की : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सबै राजनीतिक दलको सहकार्यमा संविधान संशोधन गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस गण्डकी प्रदेश समितिद्वारा आज पोखरामा आयोजित छलफलमा उनले संविधान संशोधन गर्न प्रतिपक्षी दलहरुलाई पनि साथै लिएर जानुको विकल्प नरहेको बताए । नेता सिटौलाले भने, “संविधान संशोधनमार्फत नेपाली जनताका चाहना पूरा गर्नुपर्छ । त्यसको जिम्मेवारी कांग्रेसले लिनुपर्नेछ । संविधान संशोधनका लागि तराईदेखि हिमालसम्मका सबै जातजातिलाई सँगै लिएर अगाडि बढ्न जरुरी छ ।”

विसं २०४६ पछि देशमा भएका विकास–निर्माणका कामको प्रचारप्रसार गर्न नसक्दा प्रजातान्त्रिक शक्तिहरु पछाडि परेका बताउँदै उनले भने, “प्रजातान्त्रिक शासन व्यवस्था स्थापना भएपछि सडक, शिक्षा, स्वास्थ्य, सञ्चार क्षेत्रमा उल्लेखनीय विकास भएको छ । नेपाली कांग्रेसको नेतृत्वमा भएका विकास–निर्माणका कामबारे जनतालाई बझाउन जरुरी छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले पार्टीलाई एकताबद्ध गर्नुपर्नेमा जोड दिए । त्यस अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई, शारदा पौडेल, देवराज चालिसेले पार्टीको सुदृढीकरण अहिलेको आवश्यकता भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार