प्रचण्डले भोलि संसदमा सम्बोधन गर्ने

२०८२ असार २९, आईतवार

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलि संसदलाई सम्बोधन गर्ने भएका छन् ।

प्रचण्डले भोलिको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने जानकारी दिँदै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले पार्टीका सबै सांसदलाई अनिवार्य बैठकमा उपस्थित हुन आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको बैठक भोलि दिउँसो १ बजेलाई बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार