काठमाडौं : नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई पार्टीको ‘वरिष्ठ नेता’ बनाउने घोषणा गरेका छन्।
४४औं बिपी स्मृति तथा जरा अभियानको समापन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले क्यान्सर रोगविरुद्ध संघर्षरत श्रेष्ठलाई उक्त सम्मान प्रदान गर्ने घोषणा गरेका हुन्।
गत पुसमा सम्पन्न पार्टीको विशेष महाधिवेशनमा समेत सक्रिय सहभागिता जनाएका नेता श्रेष्ठ विगत १० दिनदेखि आइसियुमा भर्ना भई उपचाररत रहेका छन्।





