काठमाडौं : सोमबार छापावाल सुनको मूल्य ४ सय रूपैयाँले बढेको छ ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार ९ सय रूपैयाँ कायम भएकोमा आज ४ सय रूपैयाँले बढेर १ लाख ९३ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार चाँदीको मूल्य प्रतितोला २ हजार २ सय ८५ रूपैयाँ कायम भएकोमा आज ३० रूपैयाँले बढेर २ हजार ३ सय १५ रूपैयाँ कायम भएको छ ।





