‘मिटर ब्याज’ का नाइके राजकुमार बराल पक्राउ

२०८२ असार ३१, मंगलवार

काठमाडौं : ‘मिटर ब्याज’का नाइकेका रूपमा परिचित राजकुमार बराल पक्राउ परेका छन् । बरालविरुद्ध वर्षौंदेखि दर्जनौं उजुरी पको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले सिन्धुली घर भएका राजकुमार बराललाई पक्राउ गरेको हो। बरालले धेरै व्यक्तिलाई महंगो ब्याजमा करोडौं लगानी गरेको खुलेपछि प्रहरीले पक्राउ गरेको जनाएको छ। 

बरालले केही समय अगाडि ठेकदार मनोज भेटवालविरुद्ध उजुरी दिएका थिए। सोही आधारमा भेटवाल पक्राउ परेका थिए। पछि भेटवालले आफूलाई बरालले नै मिटरब्याजमा पैसा लगाएको बताउँदै मिटरब्याजको उजुरी दिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार