काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य ३ सय रूपैयाँले बढेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार रूपैयाँ कायम भएकोमा आज ३ सय रूपैयाँले बढेर १ लाख ९२ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार चाँदीको मूल्य प्रतितोला २ हजार २ सय ६० रूपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर २ हजार २ सय ६५ रूपैयाँ कायम भएको छ ।





