कपिलवस्तुमा विषालु सर्पको टोकाइबाट १४ महिनाकी बालिकाको मृत्यु

२०८२ श्रावण १, बिहीबार

कपिलवस्तु : कपिलवस्तुमा विषालु सर्पको टोकाइबाट चौध महिनाकी बालिकाको मृत्यु भएको छ। महाराजगञ्ज नगरपालिका– २ मा सर्पले टोक्दा स्थानीय झगरु पासवानकी एकवर्ष दुई महिनाकी छोरी संगीताको मृत्यु भएको हो।

गएराति घरमा सुतेको बेला बालिकालाई सर्पले डसेको आफन्तले बताएका छन्। सर्पले टोकेको केही बेरमै बालिका अचेत भएकी थिइन्। त्यसपछि उनलाई उपचारका लागि अभिभावकले बहादुरगंज अस्पताल पुर्याएका थिए।

त्यहाँ उपचार सम्भव नभएपछि बालिकालाई थप उपचारका लागि गोरुसिंगेस्थित सर्पदंश उपचार केन्द्रमा लैजाँदा बाटोमै उनको मृत्यु भएको हो। गोरुसिङ्गे सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले उपचारमा ढिलाइ हुँदा बालिकालाई बचाउन नसकिएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार