सानिमा बैंकको दराजसँग महाबचत बजार २०८२ योजनाका लागि सहकार्य

२०८२ श्रावण १, बिहीबार

काठमाडौं : सानिमा बैंकले ग्राहकहरुका लागि दराजसँग महाबचत बजार २०८२ योजनामा विशेष छुट दिने सहकार्य गरेको छ ।

योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भूक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन्। ग्राहकहरुले डेबिट कार्डबाट भूक्तानी गर्दा १०% वा अधिकतम् रु ५००/– सम्मको छुट तथा क्रेडिट कार्डबाट भूक्तानी गर्दा १५% वा अधिकतम् रु ७५०/– सम्मको छुट प्राप्त गर्न सक्नेछन्। यो योजना २०८२ श्रावण २ देखि १५ गतेसम्म १४ दिनका लागि लागुहुनेछ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ।

यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी (EMI) सुविधा पनि प्राप्त गर्न सक्नेछन् । बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भूक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइट https://www.sanimabank.com/digital-banking/offers मा उपलब्ध छ ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा ए.टि.एमहरु संचालनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार