काष्ठमण्डप र लुम्बिनीले डाना कपमा सहभागिता जनाउने

२०८२ श्रावण ४, आईतवार

काठमाडौं : युवा फुटबल प्रतियोगिता डाना कपमा सहभागिता जनाउने काष्ठमण्डप विधालय र लुम्बिनी फुटबल एकेडेमीकाे टोली आइतबार डेनमार्क प्रस्थान गर्ने भएको छ ।

 

काष्ठमण्डपले यु-१४ तथा लुम्बिनीले यु-१६ समूहमा प्रतिस्पर्धा गर्नेछन् । टोली २० खेलाडी र तीन अफिसियल गरि २३ सदस्यीय छ । काष्ठमण्डपकाे प्रशिक्षकमा सन्तोष न्यौपाने छन् । काष्ठमण्डपको यु-१४ काे कप्तान पल्लव दाहाल रहेका छन् । काष्ठमण्डपको दुई टिमले डाना कपमा सहभागिता जनाउने छन् ।

यस्ता छन् काष्ठमण्डपका टोली
सन्तोष न्यौपाने – प्रशिक्षक
सुन्दर बुढाथोकी – टिम म्यानेजर

‘टिम ए’ का खेलाडीहरु

पल्लव दाहाल – टिम क्याप्टेन
आरम्भ श्रेष्ठ
सुप्रिम प्रताप बोहोरा
विख्यात शाह
सहज ढकाल
अनुग जंग कुँवर
आरोन थापा
स्तभ्य बिक्रम शाह
सम्बत अधिकारी
अध्ययन शेरचन

‘टिम बी’ का खेलाडीहरु

मेल्भिन श्रेष्ठ
संयम बुढाथोकी
आयाम अधिकारी
शिवंश रेग्मी
ब्रबिम के सी
अभय रायमाझी
आर्थक दुवाडी
सहर्ष पुडासैनी
प्रजुन सिलवाल

यसैगरी लुम्बिनीकाे प्रशिक्षण जिम्मेवारी विजय महर्जनले सम्हाल्नेछन् ।  युरोपियन फुटबल महासंघको मान्यता प्राप्त डाना कपमा यसमा ७० भन्दाबढी देशका १ हजार भन्दाबढी युवा टोलीले सहभागिता जनाउने बताइएको छ ।

विश्व युथ फुटबल कै प्रतिष्ठित मध्ये एक डाना कप सन् १९८२ देखि सुरु भएको हो । र हालसम्म वार्षिक रुपमै निरन्तर जारी छ । जहाँ विभिन्न देशका हजारौं युवा खेलाडीहरुलाई सहभागि हुने गर्दछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
3
+1
2
+1
0

ताजा समाचार