विपद् व्यवस्थापन र प्रतिकार्यमा तत्काल कदम चाल्न सरकारसँग दाहालको आग्रह

२०८२ श्रावण ४, आईतवार

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देशका विभिन्न क्षेत्रमा वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेको भन्दै सतर्क रहन अपिल गरेका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत नदी किनार, डुबान हुने होचो भू-भाग र पहिरोको उच्च जोखिम भएका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई स्थानीय प्रशासन र सम्बन्धित निकायको सूचना पालना गरी आवश्यक सतर्कता अपनाउन आग्रह गरेका हुन्। दाहालले विपद् व्यवस्थापन र प्रतिकार्यमा उच्च तयारीका लागि सरकारलाई तत्काल कदम चाल्न अनुरोध गरेका छन्।

साथै, उनले आफ्नो पार्टीका नेता-कार्यकर्तालाई विपद् व्यवस्थापनमा सहयोग गर्न, समयमै सूचना प्रवाह गर्न र राहत तथा सुरक्षाका उपायमा सक्रिय रहन निर्देशन दिएका छन्। वर्षायाममा बाढी र पहिरोका घटनाहरू बढ्दै गएकाले सबै पक्षको समन्वय र सजगता आवश्यक रहेको उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार