काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का नेता राम नारायण बिडारीले एमाले भित्रकाे आन्तरिक कुरामा अरू दलले देखाएको चासोप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
आइतबार सामाजिक सञ्जालमा लेख्दै बिडारीले असन्तुष्टि व्यक्त गरेका हुन्। उनले एमाले भित्रकाे आन्तरिक कुरामा अरू दलका नेताकाे चिन्तन चासाे र जवजकाे वकालत किन भनेर प्रश्न समेत गरेका छन्। यो सँगै उनले यसको जवाफ पनि मागेका छन्।
बिडारी लेख्छन्, ‘एमाले भित्रकाे आन्तरिक कुरामा अरू दलका लठुवाकाे चिन्तन चासाे र जवजकाे वकालत किन? जवाफ चाइयाे।’





