धनुषामा करेन्ट लागेर एक महिलाको मृत्यु

२०८२ श्रावण ४, आईतवार

धनुषा : धनुषामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको मिथिला बिहारी नगरपालिका–६ सिर्सिया बस्ने २८ वर्षीया रंजितादेवी यादवको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको हो ।

कलमा जडित विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार