तारकेश्वरको टुसालचौर खेल मैदानमा मृतावस्थामा महिला फेला

२०८२ श्रावण ५, सोमबार

काठमाडौं : काठमाडौंको तारकेश्वर नगरपालिका-८ स्थित पिपलडाँडा टुसालचौर खेल मैदानमा महिला मृतावस्थामा फेला परेकी छिन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले टुसालचौर खेल मैदानको बारमा झुण्डिएको अवस्थामा धादिङ ज्वालामुखी गाउँपालिका-३ घर भई हाल तारकेश्वर-४ शेषमति बस्ने २६ वर्षीय तिलमाया तामाङ मृत फेला परेको जानकारी दिए।

तिलमाया गए रातिदेखि हराएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार