काठमाडौँ : एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारी र आफूबीचको भेट ठूलो कुरा नभएको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय च्यासलमा सोमबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले भण्डारीलाई आफूले बालुवाटारमै बोलाए पनि एमाले पार्टी कार्यालयसमेत देखेको छैन भनेपछि च्यासलमै बोलाएको बताए।
अस्वस्थ गतिविधि हुन दिन्नौँ । म सबै साथीहरूलाई आफ्ना काँधको जिम्मेवार बन्न र बैठक सम्पन्न गर्न आग्रह गर्दछु । मैले विद्याजीलीई हिजो भेटेँ, बालुवाटार बोलाएको हो, पार्टी कार्यालय देखेको छैन भन्नुभयो के ठूलो भयो ? पूर्वराष्ट्रपति र प्रधानमन्त्री भेट्दा किन ठूलो कुरा गर्नुपर्छ ? कोही उहाँको प्रवक्ता बन्नुभएको छ । किन पर्यो त्यो ? मैले सुझाव दिएको छु । उहाँले के गर्नु हुन्छ, भनिसक्नु भएको छैन।





