काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सक्रिय राजनीतिबाट कोही भयभीत हुन आवश्यक नभएको बताएकी छन् ।
आफू सक्रिय राजनीतिमा लागिसकेको बताउँदै उनले पछि हट्ने अवस्था नरहेको बताएकी छन् । साथै, उनले एमालेको नेतृत्व आफूले नछाडने बताइन् । ‘म माझ किराँतकी छोरी हुँ, खुट्टा कमाउँदिनँ,’ भण्डारीले भनिन् ।
लतिलपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा मंगलबार एमाले केन्द्रीय कमिटीको बैठक चल्दैगर्दा मंगलबार नै दिउँसो काठमाडौंको भंगालस्थित निवासमा सञ्चारकर्मीसँग भण्डारीले भनिन्, ‘म अघि बढिसकें, पछि हट्ने अवस्था छैन, खुट्टा कमाउँदिनँ, बरु मेरो पक्षमा बोल्नेहरूलाई आतंकित पार्न खोजिँदै छ, यस्तो कार्य बन्द गर्नुपर्छ ।’





