काठमाडौँको तीनकुनेमा एम्बुलेन्स दुर्घटना

२०८२ श्रावण ८, बिहीबार

काठमाडौँ : काठमाडौँको तिनकुनेमा एक एम्बुलेन्स दुर्घटनामा परेको छ ।

सिन्धुलीको सुनकोशी गाउँपालिक–१ डुम्जाका बिरामीलाई काठमाडौँको टेकु अस्पतालमा छोडेर फर्किने क्रममा ज १ च १७६६ नं को नेपाल रेडक्रम सोसाइटीको एम्बुलेन्स बुधबार राति करिब १० बजेतिर दुर्घटनामा परेको हो । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि खतिवडाले उक्त एम्बुलेन्स रोड डिभाइडरमा ठोकिएर दुर्घटना भएको देखिएको बताए ।

एम्बुलेन्समा चालक मात्र हरेका थिए । चालक दुर्गा कोइराला सामान्य घाइते र उनलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार