फिल्म ‘सन अफ सरदार २’को ट्रेलर सार्वजनिक

२०८२ श्रावण ८, बिहीबार

काठमाडौँ : अजय देवगन स्टारर बलिउड फिल्म ‘सन अफ सरदार २’को नयाँ प्रदर्शन मिति घोषणा भएको छ । यो फिल्म साउन १६ गते (अगस्ट १)मा रिलिज हुने भएको छ ।

नयाँ प्रदर्शन मिति घोषणा भएलगत्तै यो फिल्मले मंगलबार नयाँ ट्रेलर सार्वजनिक गरेको छ । आउँदो शुक्रबारदेखि प्रदर्शन हुने पूर्वनिर्धारित योजना थियो ।

‘सैयारा’ले भारतीय बक्सअफिसमा आक्रामक कमाइ गरेपछि ‘सन अफ सरदार २’को मिति एक सातापछि पुगेको हो । विजय कुमार अरोरा निर्देशित ‘सन अफ सरदार २’ सन् २०१२ मा रिलिज भएको ब्लकबस्टर ‘सन अफ सरदार’को सिक्वेल हो ।

यसको कथा १२ वर्षिय आरभ नामक पात्रको हो जो वार्षिक आँप महोत्सवको लागि साहसिक यात्रामा निस्कन्छन् । यो फिल्ममा अजयसहित रवि किसन, संजय मिश्र, नीरु बाज्वा, मृणाल ठाकुरको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार