माओवादी केन्द्रको स्थायी समिति बैठक आज

२०८२ श्रावण १६, शुक्रबार

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज बस्दैछ।

शुक्रबार दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा उपमहासचिव जनार्दन शर्माले उठाएकासहित ७ एजेन्डामाथि छलफल हुने सचिव देवेन्द्र पाैडेलले जानकारी दिए।

आजदेखि चार दिनसम्म चल्ने बैठकमा अध्यक्ष प्रचण्डले वर्तमान परिस्थितिबारे ‘ब्रिफिङ’ छन्। त्यसैगरि मध्य पहाडी जागरण अभियानलाई निरन्तरता दिने, नेकपा एकीकृत समाजवादीसँगको पार्टी एकताका विषयसँगै केन्द्रीय समितिको मिति तय गर्नेलगायतका एजेण्डामाथि पनि छलफल हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार