मकवानपुरमा श्रीमान‍्द्वारा श्रीमतीको हत्या

२०८२ श्रावण १७, शनिबार

हेटौँडा : मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ बुङदोलमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार बिहान करिब ६ बजे ४५ वर्षीय मानबहादुर शिवभक्तीले ४० वर्षीया श्रीमती दुर्गा लक्ष्मी शिवभक्तीको घाटी थिचेर हत्या गरेका हुन् ।

घटनापछि उनी बिहान ८:३० बजे प्रहरीमा उपस्थित भई आफूले श्रीमतीको हत्या गरेको बताएको प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

उनका अनुसार मृतक दुर्गा लक्ष्मी प्यारालाइसिसको बिरामी भएको र हिँडडुल गर्न नसक्ने अवस्थामा थिइन् । प्रहरीको सोधपुछका क्रममा मानबहादुरले मानसिक तनावका कारण श्रीमतीलाई मारेको बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार