ऐना पहरामा बस दुर्घटना

२०८२ श्रावण १८, आईतवार

काठमाडौं : मुग्लिन-पोखरा सडक खण्ड अन्तर्गत ऐना पहरामा यात्रुबाहक बस दुर्घटनामा परेको छ ।

गोरखाबाट नारायणगढका लागि छुटेको ग२ख १०७७ नम्बरको बस दुर्घटनामा परेको र थप जानकारी आउन बाँकी रहेको तनहुँ प्रहरीले जानकारी दिएको छ ।

तनहुँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीका अनुसार घटनास्थलबाट दुई जनाको उद्धार गरिएको छ । बस मर्‍याङ्दी नदी किनारामा उत्तानो परेको अवस्थामा रहेको र थप यात्रुहरू पनि छन् कि भनेर खोजी जारी रहेको छ । बसमा कति यात्री सवार थिए भने यकिन भइसकेको छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार