काठमाडौं : भारतको नोएडामा भएको म्याट्रिक्स फाइट नाइट (एमएफए) १७ मा बान्टमवेट च्याम्पियन बनेका बझाङका रवीन्द्र ढाँटलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत भएको छ ।
सोमबार साँझ रवीन्द्रको स्वागतमा दर्जनौँ समर्थक विमानस्थल पुगेका थिए । ढाँट आइतबार राति भएको खेलमा भारतका चोंगरेंग कोरेनलाई हराउँदै बान्टमवेट च्याम्पियन बन्ने पहिलो नेपाली बनेका थिए ।





