पशुपतिको महायज्ञमा पुगेर ‘माग्ने बुढा’ले गरे आर्थिक सहयोग

२०८२ श्रावण १९, सोमबार

काठमाडौं : अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ले सोमबार पशुपति पुगेर त्यहाँ आयोजित महायज्ञमा आर्थिक सहयोग प्रदान गरेका छन् ।

आगामी फिल्म ‘माग्ने राजा’ प्रवर्धनको लागि त्यहाँ पुगेका उनले व्यक्तिगतरुपमा २५ हजार १ रुपैयाँ दिएका हुन् । भक्तपुर र ललितपुरमा मामाघर आश्रम स्थापना गर्न मानवसेवा फाउण्डेसनले महायज्ञ आयोजना गरेको हो ।

केदारसँगै अभिनेत्री वर्षा सिवाकोटी, निर्देशक ऋषि लामिछाने, लेखक सामिप्य तिमल्सिनालगायत त्यहाँ पुगेर ‘माग्ने राजा’को प्रवर्धन गरेका थिए । शनिबार अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले पनि त्यहाँ पुगेर ५१ हजार रुपैयाँ सहयोग गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार