काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।
उनको पक्षमा ६३ मत प्राप्त भएको छ भने विपक्षमा २२ मत प्राप्त भएको छ । ९२ जना प्रदेशसभा सदस्य बैठकमा उपस्थित थिए । मुख्यमन्त्री बानियाँले एक सातापछि आज विश्वासको मत लिएका हुन् ।
बानियाँलाई विश्वासको मत दिन सत्ता साझेदार दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले ह्वीप नै लगाएका थिए ।





