काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्ने समय नभएको बताएका छन् ।
नेकपा (एमाले) कोशी प्रदेश कमिटीको मङ्गलवार धनकुटाको हिलेमा भएको सातौँ बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।संविधानसभाको निर्वाचनपछि नेपाली जनतामा आशा जगाउने र समृद्धिको यात्रामा ओली नेतृत्वकै सरकारले गरेकाले एमाले र ओलीमाथि प्रहार भएको उनको भनाइ छ ।
नेपालको अस्थिर राजनीतिलाई स्थिर बनाउन एमाले र ओलीले खेलेको भूमिकालाई रोक्न चौतर्फी प्रहार भएको बताउँदै नेपालको आर्थिक वृद्धि तीन वर्ष लगातार ४ प्रतिशतले बढाउन सफल भएकाले खासगरी सरकारबाट बाहिरिएका माओवादी र जनताबाट अस्वीकृत दलहरू ओलीका विरुद्ध लागेको उनले बताए ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिमा आएको बताए पनि पार्टीले नआउन भनिसकेको बताए ।





