रामहरि खतिवडालाई तुरुन्त जेल पठाउन रास्वपा नेतृ सङ्ग्रौलाको माग

२०८२ श्रावण २८, बुधबार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ ज्वाला सङ्ग्रौलाले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति तथा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई तुरुन्त जेल पठाउन माग गरेकी छन्।

उनले फेसबूकमा लेखेकी छन्- राजीनामा दिएर कुकर्म र अपराध पखालिन्छ ? तुरुन्तै सांसद पद बर्खास्त गर र जेलमा पठाऊ। बिग्रेको घडीको समय सकिएको छ।

खतिवडाले मङ्गलबार मात्रै पदबाट राजीनामा दिएका छन्। राजीनामा दिएपछि पार्टी सभापति शेरबहादुर देउवाले राजीनामा नदिनु भने पनि आफूले दिएको बताएका खतिवडालाई तुरुन्त जेल पठाउन माग सङ्ग्रौलाले गरेकी हुन्।

सङ्घीय निजामती सेवा विधेयकको कुलिङ अफ पिरियड प्रावधानमा विवादित बनेका खतिवडाले आफू दोषी देखिए सजाय भोग्न तयार रहेको बताउँदै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार