चर्चित गायिका विष्णु माझीको नयाँ तिज गीत ‘म त नराउरी’ सार्वजनिक (भिडिओ)

२०८२ श्रावण २८, बुधबार

काठमाडौँ :चर्चित गायिका विष्णु माझीको नयाँ गीत ‘म त नराउरी’ (पुतलीको भट्टी–२१) सार्वजनिक भएको छ। सधैँझैँ यसपटक पनि माझीले तीज पर्वको पूर्वसन्ध्यामा आफ्नो मौलिक स्वर र मार्मिक शब्दमार्फत् नयाँ गीत सार्वजनिक गरेकी हुन्।

गीतको भिडियोमा एक चेलीले बिदाइको क्षणमा आँसु लुकाउँदै ‘म त रुन्नँ’ भने पनि उनको हरेक पल संघर्ष र पीडामा बितेको मार्मिक कथा देखाइएको छ। यस गीतको रचनाकार, संगीतकार तथा निर्देशक उनका श्रीमान् सुन्दरमणि अधिकारी हुन्। मौसम हिमालीको कोरियोग्राफीमा ६० जनाभन्दा बढी कोरस कलाकारलाई एकसाथ नचाइएको छ।

यो गीतमा शम्भु चालिसेको सिनेम्याटोग्राफी र प्रविण भट्ट सम्पादन गरेका छन्। गत वर्ष माझीको ‘आइनँ आमा यो तीजमा’ बोलको गीत निकै चर्चित भएको थियो। यस पटक तीजलाई लक्षित गरेर सार्वजनि गरिएकाे माझीको गीतमा पनि मोडल ललिता पौडेलले नै अभिनय गरेकी छन्।

भिडिओ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार