युरिया मल कोलकातामै होल्ड भएको छ : कृषिमन्त्री

२०८२ श्रावण २९, बिहीबार

काठमाडौं : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले डीएपी र पोटास मलको आपूर्तिको अवस्था केही कमजोर रहेको स्वीकार गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले युरिया आपूर्तिको अवस्था केही कमजोर हुनुमा विधि कारण रहेको बताए । पहिलो कारणमा मूल्य वृद्धि हुनु रहेको बताउँदै उनले भने, ‘दोस्रो कारण भनेको निरन्तरको वर्षाले कोलकाता पोर्टमा मल अनलोड गरी ब्यागिङ गरी रेलमा लोड गर्ने कार्य सुस्त रुपमा हुनु देखिएको छ ।’ उनले अहिले पनि मल होल्ड भएर रहेको बताए ।

‘अहिले पनि मल लोड भएको तीनवटा जहाज कोलकाता पोर्टमा होल्ड भएको छ’ उनले भने, ‘कोलकाता पोर्टको जाम नहटेकोले खरिद गरिएको ६० हजार टन युरिया समेत आउन सकेको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार