जोय स्टोर र प्रभु बैंकबीच विशेष छुट सम्झौता

२०८२ भाद्र १, आईतवार

काठमाडौं : काठमाडौं महानगरपालिका, वडा. नं २२, न्युरोड स्थित जोय स्टोर र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई जोय स्टोरको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

प्रभु बैकका कर्मचारी तथा ग्राहकहरुले आईफोनमा ५% र म्याकबुकमा ५% र २०% आईफोन र म्यकबुकका एसेसरिजहरुमा छुट पाउने भएका छन् र क्रेडिट कार्ड होल्डरहरुलाई इन्स्ट्रापे सिमबाट किस्ताबन्धी सुविधा पनि पाउने भएका छन् ।

सो छुट सेवासुविधा जोय स्टोर मा प्राप्त गर्न सकिनेछ । उक्त सम्झौतापत्रमा जोय स्टोरका तर्फबाट कार्यकारी निर्देशक गुरु दत्त शर्मा तथा प्रभु बैंकका तर्फबाट चिफ मार्केटीङ अफिसर रमेश कुमार श्रेष्ठको संयुक्त हस्ताक्षरबीच सम्पन्न भएको छ ।

त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६८एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

साथै प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार