रास्वपाको भुलभुलैयामा परेर जीवन खेर नफाल्नुहोस् : अर्थमन्त्री पौडेल

२०८२ भाद्र १, आईतवार

काठमाडौं : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले युवाहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जस्ता दलहरूको भुलभुलैयामा परेर आफ्नो महत्त्वपूर्ण जीवन खेर नफाल्न आग्रह गरेका छन्।

नेपाल पत्रकार महासंघ, पाल्पाले आज तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै मन्त्री पौडेलले रास्वपालाई ‘खहरे खोला’ को संज्ञा दिए। उनले यस्ता शक्तिहरूको आयु लामो नहुने बताए।

‘यसपाली मनसुन अलि ढिला सुरु भयो। त्यही भएर अहिले खहरे खोलाहरु बढेका छन्। तर मनसुन सकिएपछि ति खहरेमा कमिला कुद्ध्छन्’ पौडेलले भने ‘राजनीतिमा पनि खहरे देखिएका छन्। तिनीहरुको आयु लामो छैन।’ रास्वपाप्रति लक्षित गर्दै उनले भने, ‘विरोधको राजनीति गरेर, जनतामा भ्रम सिर्जना गरेर यस्ता खहरेहरूले जनतालाई अलमलमा पार्न खोजेका छन्।’

उपप्रधानमन्त्री पौडेलले विरोधको राजनीति गरेर, जनतामा भ्रम सृजना गरेर यस्ता खहरेहरुले जनतालाई अलमलमा पार्न खोजेको तर जनताले उनीहरुको नियत थाहा पाएको बताए। ‘म युवाहरुलाई यस्तो खहरे राजनीतिको भेलमा नहेलिन आग्रह गर्दछु’ पौडेले भने ‘भुलभुलैयामा परेर जीन्दगीको महत्वपूर्ण कसैले पनि खेर नफाल्नुहोस।’

मन्त्री पौडेलले देशमा अस्थिरता चाहने तीन शक्तिहरूमध्ये रास्वपा पनि एक रहेको उल्लेख गर्दै उनीहरूले जनतालाई भ्रममा पारेर क्षणिक लाभ लिन खोजेको आरोप लगाए। उनको हिसाबमा देशमा अस्थिरता चाहने अन्य दुई शक्तीहरु, राजावादी र माओवादी हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार