आगामी निर्वाचनमा बहुमत ल्याउने गरी पार्टीलाई एकताबद्ध गरौं : देउवा

२०८२ भाद्र ३, मंगलवार

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी एकतबद्ध भएर पार्टीलाई अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

सोमबार सानेपामा पार्टीको शुभेच्छुक संस्था समन्वय विभागले आयोजना गरेको कार्यक्रममा देउवाले पार्टीभित्र बृहत् एकता कायम गरी आगामी निर्वाचनमा बहुमत ल्याउने गरी अघि बढ्नुपर्नेमा जोड दिए। पार्टी एकताबद्ध भएर अघि बढ्न सके कांग्रेसको नेतृत्वमा स्थिर सरकार निर्माण गर्न सकिने उनले बताए।

त्यस्तै सभापति देउवाले पुराना पार्टीहरूले केही गर्न सक्दैनन् भन्ने अतिरञ्जित भाष्यलाई चिर्नुपर्ने बताए। यस्ता भाष्यलाई चिर्दै क्रियाशील हुन आवश्यक रहेको उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार