थ्री इडियट्सका प्रोफेसरको निधन

२०८२ भाद्र ३, मंगलवार

काठमाडौं : ३ इडियट्स, रंगीला, इश्क, हम साथ साथ हैं, लगे रहो मुन्ना भाइ र दबंग २ जस्ता धेरै ब्लकबस्टर हिट फिल्महरूमा अभिनय गरेका अभिनेता अच्युत पोतदारको सोमबार निधन भएको छ । अभिनेता ९१ वर्षका थिए।

अच्युत पोतदारको मृत्युको कारण खुलाइएको छैन। यद्यपि, हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार अभिनेतालाई उमेरसँग सम्बन्धित समस्याका कारण केही समयअघि मुम्बईको ठाणेस्थित एक अस्पतालमा भर्ना गरिएको थियो। उनको अन्तिम संस्कार आज गरिनेछ।

स्टार प्रवाह च्यानलको आधिकारिक सामाजिक सञ्जाल खाताबाट अच्युत पोतदारलाई श्रद्धाञ्जली अर्पण गरिएको छ। ४४ वर्षको अभिनय करियरमा अच्युत पोतदारले १२५ भन्दा बढी हिन्दी र मराठी चलचित्र, ९५ टिभी कार्यक्रम, २६ नाटक र ४५ विज्ञापनमा काम गरिसकेका छन्।

अच्युत पोतदारले आमिर खान, आर. माधवन र शर्मन जोशी अभिनित ब्लकबस्टर फिल्म ३ इडियट्समा प्रोफेसरको भूमिका निर्वाह गरेका थिए। फिल्ममा ‘कहना क्या चाहते हो’ भन्ने उनको संवाद धेरै लोकप्रिय भयो र यसका मीमहरू अझै पनि सामाजिक सञ्जालमा लोकप्रिय छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार