काठमाडौँ : अष्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिजमा नेपालले पहिलो जित दर्ता गरेको छ ।
आफ्नो चौथो खेलमा नेपालले मंगलबार होबर्ट हुरिकेन्स एकेडेमीलाई ६६ रनले पराजित गरेको हो ।
नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबर्ट १६.१ ओभरमा मात्र ११४ रनमा अलआउट भयो ।





