उपसभामुख हटाउने निर्णय भइसकेको छैन : महेश बर्तौला

२०८२ भाद्र ३, मंगलवार

काठमाडौं : सत्तारूढ दल नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्ताैलाले संसद्‌मा उठेको विषयको निरुपण गर्नुपर्ने बताएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको सत्तापक्षीय दलका प्रमुख सचेतकको बैठकपछि बर्तौलाले उपसभामुख इन्दिरा रानालाई हटाउने विषयमा उपयुक्त समयमा निर्णय हुने बताए । “बहस निरन्तर गरिरहनुहुँदैन, यसलाई बिट मार्नुपर्छ, त्यसैले यो विषय उठान भएको हो,” उनले भने ।

प्रमुख सचेतक बर्तौलाले उपसभामुख रानालाई हटाउने प्रस्ताव संसद्‌मा दर्ता गर्ने निर्णयमा पुगिनसकेको बताए । उपसभामुखको उपस्थितिमा नै यस विषयमा बहस गर्ने उनको भनाइ छ ।

उपसभामुख रानालाई हटाउने तयारीस्वरूप मंगलबार सत्तारूढ दल कांग्रेस र एमालेले सांसदहरूको हस्ताक्षर संकलन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार