एससिटी–यूनियन पे कार्डबाट मोबाइल वालेटहरूमा सजिलै रकम लोड गर्न मिल्ने

२०८२ भाद्र ४, बुधबार

काठमाडौं : नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज लिमिटेड (एससिटी) ले जारी गर्दै आएको एससिटी–यूनियन पे कार्डबाट अब नेपालमा सञ्चालन हुँदै आइरहेको विभिन्न मोबाइल वालेटहरूमा सजिलै वालेट लोड गर्न मिल्ने भएको छ ।

कार्डबाट वालेट लोड गर्न मिल्ने सुबिधा रहेको सबै मोबाइल वालेटहरू, जस्तै ई–सेवा,खल्ती,हाम्रो पे, आदि वालेटहरूमा ग्राहकहरूले सजिलै आफ्नो एससिटी–यूनियन पे कार्डबाट सिधै वालेट लोड गर्न मिल्ने सुबिधा जारी भएको छ ।

नबिल बैंकको इलेक्ट्रोनिक पेमेन्ट गेटवे (ईपीजी) मा आबद्ध रहेका सम्पूर्ण वालेट तथा मर्चेन्ट एप्लिकेशनहरूबाट ग्राहकहरूले यो सुबिधा लिन सक्नेछन् । यस सुबिधाले ग्राहकहरूलाई आफ्नो एससिटी–यूनियन पे कार्डबाट पीओएसमा मात्र नभएर अब डिजिटल वालेटहरूबाट भुक्तानी, इ–कमर्स भुक्तानी, एरलाइन टिकट खरिद, आदिपनि गर्न अझ सरल हुनेछ ।

एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत SCT- UnionPay कार्ड जारी गर्दै आइरहेको छ । SCT- UnionPay डेबिट कार्ड लिन इच्छुक ग्राहकहरूले सजिलै SCT का उल्लेखित सदस्य बैंक तथा वित्तीय संस्थाबाट प्राप्त गर्न सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार