काठमाडौँ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज सम्पर्क कार्यालय उद्घाटन गर्दैछिन्।
पूर्वराष्ट्रपति भण्डारीले काठमाडौं मध्यबानेश्वरस्थित थापागाउँमा घर भाडामा लिएर सम्पर्क कार्यालय स्थापना गरेकी छन्। बिहीबार दिउँसो २ बजे कार्यालय उद्घाटनको कार्यतालिका रहेको छ।
उक्त घर मदन भण्डारीको हीरक जन्मजयन्ती मूल व्यवस्थापन समितिको कार्यालय रहने गरी भाडामा लिएको भण्डारीनिकट नेताहरूले जानकारी दिएका छन्। हीरक जन्मजयन्तीको मूल व्यवस्थापन समितिमा बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल संयोजक छन्।
एमालेको केन्द्रीय कमिटीको नवौं पूर्ण बैठकले भण्डारीलाई पार्टी राजनीतिमा फर्कन रोक लगाउने निर्णय गरेको थियो। साथै उनको सदस्यता पनि निष्क्रिय तुल्याएको थियो। तर भण्डारीले राजनीतिक गतिविधिलाई तीव्रता दिइरहेकी छन्।





