काठमाडौं : सरकारले काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) परिवर्तन गरेको छ।
गृह मन्त्रालयले छविलाल रिजाललाई काठमाडौंको नयाँ प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ।
मन्त्रालयको निर्णयअनुसार हालका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई गृह मन्त्रालयमा सहसचिवका रूपमा सरुवा गरिएको छ।





