विद्यालय, विश्वविद्यालय कुनैपनि कारणले बन्द गर्न नपाउने व्यवस्था विधेयकमा राखौँ : सांसद श्रेष्ठ

२०८२ भाद्र ५, बिहीबार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले विद्यालय, विश्वविद्यालय कुनैपनि कारणले बन्द गर्न नपाउने कुरा विधेयकमा लेख्न माग गरेकी छिन्।

बिहीबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले विद्यालय, विश्वविद्यालय कसैले पनि तालाबन्दी गर्न, बन्द गर्न कुरा विधेयकमै लेखिनुपर्नेमा जोड दिइन्।

‘विद्यालय, विश्वविद्यालय कहिले कसले बन्द गर्ने, यो कुरा अन्त्य होस्,’ श्रेष्ठको भनाइ छ, ‘विद्यालय, विश्वविद्यालय कसैले पनि तालाबन्दी गर्न, बन्द गर्न पाउँदैन। विद्यार्थीले पाउने मौलिक हकको हनन् कसैले गर्न पाउँदैन, जुनसुकै कारण भएपनि। त्यो हामीले शिक्षकहरुको हकमा बन्द हड्ताल गर्न पाउँदैन भनेर लेखेका छौँ। तर हामीले त्यो कुरा निजीको लागि पनि लेख्नुपर्नेछ। विद्यालयहरु कुनैपनि बहानामा बन्द गरिनुहुँदैन।’

उनले अनिवार्य निःशुल्क शिक्षा तोकेबमोजिम सबैले पाउनुपर्नेमा समेत जोड दिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार