हैजाको प्रकोप समुदायस्तरमै फैलिएपछि विद्यालय बन्द

२०८२ भाद्र ८, आईतवार

काठमाडौँ : वीरगञ्जमा हैंजाको प्रकोप देखिएको छ । वीरगञ्ज महानगरमा समुदायस्तरमै हैजाको संक्रमण फैलिएको हो । यसैका कारण विद्यालयहरू दुई दिनका लागि बन्द गरिएको छ ।

दुई दिनयता वीरगजको सहरी वडाहरूमा झाडापखालासँगै हैंजाका बिरामीको संख्या निरन्तर बढ्दै गएपछि त्यसको नियन्त्रण र रोकथाममा जुटेको वीरगञ्ज महानगरपालिकाले भदौ ८ र ९ गते दुई दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको हो । हैजाको संक्रमणलाई मध्यनजर गर्दै भदौ ८ र ९ गते दुई दिनका लागि वीरगञ्ज महानगरकाअन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन स्थगित गरिएको वीरगञ्ज महानगरपालिकाले एक सूचना जारी गरी जानकारी दिएको छ ।

महानगर क्षेत्रभित्र हालका लागि पानीपुरी, चाट, चटपटे (भाजा) आदिको बिक्री–वितरणमा पनि रोक लगाइएको छ । खुला रूपमा बिक्री–वितरण हुँदै आएका यस्ता खाद्यपदार्थमा प्रयोग हुने पानी दूषित भई हैजाका जीवाणु मिसिने सम्भावना भएकाले ती खाद्यपदार्थ बिक्री–वितरणमा रोक लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार