अमेरिकाको नियाग्रा फल्स नजिकै बस दुर्घटना, पाँच पर्यटकको मृत्यु

२०८२ भाद्र ८, आईतवार

काठमाडौं : अमेरिका-क्यानडा सीमामा रहेको नियाग्रा फल्सबाट करिब ४० माइल टाढा एउटा पर्यटक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। न्यूयोर्क प्रहरीका अनुसार समूह न्युयोर्क राज्य थ्रुवेमा नियाग्रा फल्सबाट न्यूयोर्क शहर फर्किरहेको थियो। प्रत्यक्षदर्शीहरूले गाडीले नियन्त्रण गुमाएको र पल्टिएको देखे।

प्रहरीका अनुसार पीडितहरूमध्ये अधिकांश भारत, चीन र फिलिपिन्सका पर्यटक छन्। न्यूयोर्कका गभर्नर क्याथी होचुलले स्थानीय अधिकारीहरू “उद्धार गर्न र संलग्न सबैलाई सहयोग प्रदान गर्न काम गरिरहेको” बताए।

बफेलोबाट ४८ किलोमिटर पूर्वमा रहेको पेम्ब्रोक शहर नजिकै दुर्घटनास्थलमा एम्बुलेन्स र मेडिकल हेलिकप्टर पठाइएको छ। दुर्घटना हुँदा बसमा सवार ५२ जना एक देखि ७४ वर्ष उमेर समूहका रहेको प्रहरीले पुष्टि गरेको छ। प्रहरीले दुर्घटनाको समयमा केही व्यक्तिहरू गाडीबाट बाहिर उछिट्टिएको र तीमध्ये धेरैजसोले सिट बेल्ट नलगाएको विश्वास गरिएको बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार