काठमाडौँ : चलचित्र ‘जेरी अन टप’को टिजर सार्वजनिक भएको छ ।
अनमोल केसीको मूख्य भूमिका रहेको चलचित्रको टिजरमा कथावस्तु र पात्रको चरित्र बुझाउन खोजिएको छ । चलचित्रको निर्देशन सुयोग गुरुङले गरेका हुन् । सगरमाथा आरोहण र यात्राको क्रममा हुने प्रेमकथामा निर्माण भएको चलचित्रमा अनमोलसहित जसिता गुरुङ, आँचल शर्मा, केदार घिमिरे ‘माग्ने बुढा’, भुवन केसी र उषा खड्गीको अभिनय छ ।
चलचित्रको पटकथा हेमराज बीसी हुन् । सरोज न्यौपानेको प्रस्तुतिमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारी निर्माता रहेका छन् । चलचित्रको छायाङ्कन सगरमाथा क्षेत्र, मुस्ताङ र काठमाडौँमा गरिएको थियो । चलचित्र आगामी असोज ३१ गते (१७ अक्टोबर) प्रदर्शन हुनेछ ।





