अमेरिकाले आजदेखि भारतलाई लगायो ५० प्रतिशत कर

२०८२ भाद्र ११, बुधबार

काठमाडौँ : अमेरिकाले भारतविरुद्ध थप गरेको २५ प्रतिशत भन्सार कर आज (अगस्ट २७) देखि लागु गर्ने जनाएको छ।

अमेरिकाले आज बिहान सूचना जारी गरी भारतबाट आफ्नो देश आउने सामानमा अबदेखि कुल ५० प्रतिशत कर लाग्ने जनाएको हो। पहिले २५ प्रतिशत र पछि थपिएको समेत भारतसँग निर्यातबापत अमेरिकाले कुल ५० प्रतिशत कर लिने भएको हो।

सूचनामा भनिएको छ, ‘२०२५ अगस्ट २७ वा यसपछि प्रयोगका लागि आउने वा गोदामबाट बाहिर निकालिने कुनै पनि भारतीय सामान यो बढेको करको दायरामा पर्नेछ।’ भारतले रुसबाट कच्चा तेल खरिद गरेर युक्रेनविरुद्धको युद्धमा सहयोग पुर्‍याइरहेकाले ५० प्रतिशत कर लगाइएको अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन्।

भारतले भने ट्रम्पको यो निर्णयलाई ‘अनुचित र तर्कहीन’ भनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार