पहिलो एक घण्टामा पौने २ अर्बको सेयर कारोबार

२०८२ भाद्र ११, बुधबार

काठमाडौँ : बुधबार पहिलो एक घण्टामा १ अर्ब ७५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । पहिलो एक घण्टाको यो कारोबार रकम अघिल्ला दिनको तुलनामा उल्लेख्य हो ।

१२ बजेसम्म नेप्से परिसूचक २० अंक बढेको छ । सो वृद्धिपछि नेप्से २७८८ अंकमा छ । १६४ कम्पनीको मूल्य बढ्दा ७८ को घटेको छ भने ४ को स्थिर छ ।

विकास बैंक, फाइनान्स, अन्य र व्यापार समूह १ प्रतिशतभन्दा धेरै बढेका छन् । बैंकिङ ०.५२ प्रतिशत बढेको छ । विकास हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेको छ ।

ग्रिन भेन्चर्स तथा गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य ४ प्रतिशत बढेको छ । सीवाईसी लघुवित्त र नारायणी डेभलपमेन्ट बैंकको ३ प्रतिशतभन्दा धेरै मूल्य घटेको छ ।

पहिलो एक घण्टामा धेरै कारोबार भएका कम्पनीमा ग्रिन भेन्चर्स, हिमालयन रि, हिमालयन डिस्टिलरी, नेपाल पुनर्बीमा र लुम्बिनी विकास बैंक छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार