काठमाडौं : रौतहटमा २६ वर्षकी रूबीकुमारी साहको हत्या आरोपी लक्ष्मण पासवानको पनि मृत्यु भएको छ।
रौतहट प्रहरीले आरोपी पासवानलाई बुधबार बिहान शरीरमा आगो लगाएको अवस्थामा फेला पारेर उपचारका लागि कीर्तिपुर बर्न अस्पताल ल्याएको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराका अनुसार पासवानको कीर्तिपुरको बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।





